नेपाल यु१६ इस्ट जोन कपको फाइनलमा

नेपाल यु१६ इस्ट जोन कपको फाइनलमा

काठमाडौं : साविक विजेता नेपालले एसीसी मेन्स यु१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। नेपालले घरेलु टोली मलेसियालाई नौ विकेटले हराएको हो।

९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि परिमार्जन यादवले अविजित रहँदै अर्धशतकीय पारी खेले। ३५ बल खेलेका उनले पाँच चौका र पाँच छक्काको मद्दतमा ५९ रन जोडे।

त्यसबाहेक सिवान्स बजगाईंले २२ बलमा २३ रनको अविजित पारी खेल्दा प्रसिद्ध जैसीले २ रन मात्र जोड्न सके।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।

उसका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाउँदा डीयाज पेट्रोले १० रन जोडे।

बलिङतर्फ नेपालका अभय यादवले चार, शुभम खनालले तीन तथा सचिन भट्ट र विपिन प्रसाद शर्माले समान एक-एक विकेट लिए।

नेपाल समूह ‘ए’को विजेता हो भने मलेसिया समूह ‘बी’को उपविजेता हो। नेपाल जारी प्रतियोगितामा अपराजित छ।

नेपालले अब फाइनलमा हङकङ र सिंगापुरको विजेतासँग खेल्नेछ। फाइनल खेल ५ जुलाईमा हुनेछ।

 

असार १९, २०८२ बिहीबार ११:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।