एसीसी यु-१६ : इस्ट जोन कप, मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

एसीसी यु-१६ : इस्ट जोन कप, मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु-१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ।

मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको टसमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिला बलिङ रोजेका छन्। नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो।

समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको छ। मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ। माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसियाले हङकङसँग पराजय बेहोरेको थियो।

अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो। एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्। 

असार १९, २०८२ बिहीबार ०८:४१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।