‘एसटिएफको ग्रे लिस्टबाट निस्कन सुनचाँदीमा विलासिता कर’

‘एसटिएफको ग्रे लिस्टबाट निस्कन सुनचाँदीमा विलासिता कर’

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) ग्रे लिस्टको सूचीबाट निस्कन सुनचाँदीलगायतका गहनामा विलासिता कर लगाउनु परेको बताए।

अहिले गहनामा विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले सो कर फिर्ताको माग गरिरहेका छन्।

विनियोजन विधेयक, २०८२ माथि राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नेपाल अहिले ‘ग्रे लिस्ट’ मा रहेको त्यसबाट बाहिर निकाल्न सुनचाँदी तथा गरगहना खरिद–बिक्रीको कारोबारलाई पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए।

'पहिले १० लाखभन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो। अहिले थ्रेसहोल्ड हटाइएको मात्र हो', पौडेलले भने, 'हामी सम्पत्ति शुद्धीकरण मामिलामा एफएटिएफको सघन निगरानी सूचीबाट बाहिर निस्कन सुनको कारोबार पारदर्शी बनाउन आवश्यक थियो।’

सुनलगायतका वस्तुको कारोबारमा शुद्धता ल्याउन र सम्पत्ति शुद्धीकरणको रकम लगानी नहोस् भनेर विलासिता शुल्क लगाइएको उनको तर्क छ। 

असार १८, २०८२ बुधबार १७:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।