एमाले नेता भएपछि विद्यादेवीले छाडिन् पूर्वराष्ट्रपतीको सरकारी सुविधा

काठमाडौं : एमालेको सदस्यता नवीकरण गर्दै प्रत्यक्ष राजनीतिमा जोडिएकी विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्। उनले बुधवार आजकै मितिदेखि लागु हुने गरी गृह मन्त्रालयमा निवेदन दिएकी हुन्।
असार १४ मा आयोजित कार्यक्रममा उनले एमालेको सदस्यता नवीकरण गरेर औपचारिक रूपमा पार्टीसँग जोडिएको घोषणा गरेकी थिइन्। पूर्व राष्ट्रपतिको हकमा मन्त्रिपरिषद्को निर्णयबाट घरबहालदेखि इन्धनसम्मको सुविधा दिने गरेको थियो।
भण्डारी दुई कार्यकालका लागि राष्ट्रपति भएकी थिइन्। उनको दोस्रो कार्यकाल दुई वर्ष अगाडि सकिएको थियो।
असार १८, २०८२ बुधबार १५:४१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।