निजामती विधेयक विवादमा संसदीय छानबिन समिति बनाउने राज्य व्यवस्थाको निर्णय

निजामती विधेयक विवादमा संसदीय छानबिन समिति बनाउने राज्य व्यवस्थाको निर्णय
अर्काइभ तस्बिर।

काठमाडौं : राज्य व्यवस्था समितिको बैठकले निजामती सम्बन्धी विधेयकमा समितिले पारित गरेको भन्दा भिन्न व्यवस्था राख्न संलग्न रहेकाहरूको पहिचान गर्न संसदीय छानबिन समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको छ।

समितिको बैठकमा सहभागीहरूले यसबारे छानबिन गर्न समिति गठन गर्न माग गरेपछि समितिले सर्वसम्मत रूपमा संसदीय समिति गठन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो।

समितिले राज्य व्यवस्था समितिबाट पास भएको भन्दा भिन्न विधेयक प्रतिनिधि सभामा पुगेर पारित भएकाले थप भएको सो बुँदा संशोधनमार्फत हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने समेत निर्णय गरेको छ।

असार १८, २०८२ बुधबार १५:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।