एमाले सांसद गिरीले मागे सभापति खतिवडाको र सचिव थानीको राजीनामा

एमाले सांसद गिरीले मागे सभापति खतिवडाको र सचिव थानीको राजीनामा

काठमाडौं : सत्तारुढ दल एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन्।

बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन्। गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन्।

उनले भने, ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ। सचिवले पनि यो पदमा बसिरहन मिल्दैन। नेपालको संसदीय इतिहासमा कालो धब्बा हो। कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ। राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ।’

गिरीले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए। उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए।

‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ पिरियड दुई वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट छ, तर सभापति ज्यू र सचिवले हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो। नेपालको इतिहासमा यो जल्लास्पद र घिनलाग्दो अवस्था हो, यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो’, गिरीले अगाडि थपे।

असार १८, २०८२ बुधबार १२:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।