स्रोत नखुलेको २८ लाख रुपैयाँसहित तीन जना पक्राउ

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित तीन जना पक्राउ

वीरगञ्ज : स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का अनिल वर्णलाई ८ लाख तथा वीरगञ्ज महानगरपालिका-३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

लम्सालका अनुसार बाराको परवानीपुर गाउँपालिका-४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई तीन लाखसहित पक्राउ गरिएको हो।

अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।

असार १८, २०८२ बुधबार १०:३३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।