कञ्चनपुरमा जीपको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु

कञ्चनपुरमा जीपको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु

कञ्चनपुर : वेदकोट नगरपालिका-३ दैजी बजारमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४१ वर्षीय दीपक चन्द रहेका छन्। विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका-४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गरिरहेका थिए।

असार १८, २०८२ बुधबार ०९:४१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।