तार भुइँमा खस्दा एक वर्षीया बालिकासहित बाटो हिँडिरहेका एकै परिवारका तीन जना घाइते

तार भुइँमा खस्दा एक वर्षीया बालिकासहित बाटो हिँडिरहेका एकै परिवारका तीन जना घाइते

बागमती : हेटौंडा उपमहानगरपालिका-७ नागसोती शान्तिटोलमा करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन्।

विद्युत् कर्मचारीले बिजुलीको पोलमा काम गरिरहेको अवस्थामा तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षीया नातिनी श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाइते तीनै जनालाई हेटौंडा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।

असार १८, २०८२ बुधबार ०७:१८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।