आज दिनभर बदली, राती केही प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

आज दिनभर बदली, राती केही प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने

काठमाडौं : आज दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्छ।

आज राती पनि देशभर साधारणतया बदली नै रहनेछ। राती कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा राती भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। राती पनि उच्च-पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपात जारी रहनेछ।

असार १८, २०८२ बुधबार ०७:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।