
अब बल्छी ध्रुवे पनि फिल्म निर्माणमा, गोबर गणेश बनाउने घोषणा

काठमाडौं : टेलिसिरियल हुँदै फिल्म निर्माणमा होमिने कलाकारहरूको संख्या बढिरहेको बेलामा बल्छी ध्रुवेको रूपमा परिचित कलाकार मरीचमान श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन्। दीपकराज गिरी, दीपा श्री निरौलाहुँदै पछिल्लो समय सक्किगोनी समूह समेत फिल्मतिर लागेका थिए।
मेरी बास्सैबाट बल्छी ध्रुवेको परिचय बनाएका मरीचमान अहिले जुठे टेलिसिरियलबाट लोकप्रिय छन्। उनले आफ्नै लगानीमा फिल्म ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन्। बल्छी धुर्बे फिल्म्सको प्रस्तुति हुने फिल्म माघ १ गते रिलिज गर्ने उनको तयारी छ।
फिल्ममा वर्षा शिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) कलाकारका रूपमा रहने सार्वजनिक भएको छ।
असार १७, २०८२ मंगलबार २१:५०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।