नेपालमा औपचारिक उपस्थितिको घोषणा गर्दै बीओएटीले सार्वजनिक गर्‍यो ‘निर्भाना’

नेपालमा औपचारिक उपस्थितिको घोषणा गर्दै बीओएटीले सार्वजनिक गर्‍यो ‘निर्भाना’

काठमाडौं : भारतको नम्बर वान अडियो वेयरेबल ब्रान्ड बीओएटी (boAt) ले नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गरेको छ। पहिले नै नेपाली बजारमा बलियो उपस्थिति बनाइसकेको बीओएटीले अब अत्यधिक प्रशंसित प्रिमियम ‘निर्भाना’ सिरिजमार्फत प्रवेश गरेको हो।

‘निर्भाना’ सिरिज मा रहेका एक्टिभ न्वाइज क्यान्सेलेसन  युक्त इयरबड्स तथा इयरफोनहरू अब देशभरिका प्रमुख अनलाइन र अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार यी प्रिमियम उत्पादनहरूले आजको जीवनशैलीलाई लक्षित गर्दै उत्कृष्ट अडियो अनुभव दिन्छन्।

नेपालमा टेलिटक प्रा. लि. मार्फत वितरित हुँदै आएको बीओएटी छोटो समयमै नेपाली प्रविधिप्रेमीहरूमाझ लोकप्रिय बन्न सफल भएको छ। विशेषगरी युवापुस्ताबीच आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनले ब्रान्डप्रति गहिरो रुचि देखिएको टेलिटकको भनाइ छ।

दयब्तका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले नेपाल सधैं कम्पनीको लागी विशेष स्थान रहँदै आएको भन्दै नेपाली बजारमा औपचारिक उपस्थितिको घोषणा गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए। ‘‘‘निर्भाना’ सिरिजमार्फत हामी आजको जीवनशैलीअनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय अडियो अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” उनले भने।  

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलान ले पनि बीओएटीसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
‘यस औपचारिक घोषणासँगै, बीओएटीले नेपालमा थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादन ल्याउने तयारी गरिरहेको छ,’ उनले भने, ‘हामी यसको बढ्दो फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउँदै लैजानेछौं।’

बीओएटीले भारतमा अडियो वेयरेबल सेग्मेन्टमा चमत्कारी विस्तार गरिसकेको छ। नवप्रवर्तन, डिजाइन र सामुदायिक संलग्नताप्रति ब्रान्डको अटुट प्रतिबद्धताले यसलाई दक्षिण एसियाली बजारमा मात्र होइन, विश्वमै प्रभावशाली अडियो ब्रान्ड बनाउने दिशामा अघि बढाइरहेको छ।

असार १७, २०८२ मंगलबार १९:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।