अकबरे मिसाइएको वाइवाइ क्वीक हट एन्ड स्पाइसी लोकप्रिय बन्दै

काठमाडौं : नेपालमै उत्पादित अकबरे खुर्सानी प्रयोग भएको पिरो ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ पिरो चाउचाउ रुचाउने उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ। सिजी ग्रुपद्वारा उत्पादित यो चाउचाउ सार्वजनिक भएको थियो।
कम्पनीले दिएको जानकारी अनुसार यसमा इलाम, ताप्लेजुङ, धनकुटा लगायतका पहाडी जिल्लाका किसानहरूले उत्पादन गरेको अकबरे खुर्सानी प्रयोग हुने गरेको छ। यसमा स्थानीय तेल र मसला मिसाएर बनाइन्छ।
कम्पनीले उपभोक्ताको स्वाद, ट्रेन्ड र जीवनशैली बुझेर वाईवाई हट एन्ड स्पाइसी बजारमा ल्याइएको हो। युवापुस्तालाई लक्षित गरी तयार पारिएको चाउचाउको प्याकेजिङ डिजाइनसमेत एआइको सहयोगमा बनाइएको कम्पनीले जानकारी दिएको छ।
नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सेयर ओगटेको वाइवाइले अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा ओगटेको छ। हरेक वर्ष झन्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पादन विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गरिदिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार १०० ग्रामको प्याकमा ५० रुपैयाँ पर्ने यो उत्पादन अहिले बजारमा १० प्याकेटको सानो कार्टुन र २० प्याकेटको ठूलो कार्टुनमा उपलब्ध छ। कम्पनीका अनुसार बजारको मागअनुसार मात्र उत्पादन भइरहेको यो चाउचाउको माग दिनानुदिन बढ्दो छ। कम्पनीले यसको वितरण सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने बताएको छ।
असार १७, २०८२ मंगलबार १८:०८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।