एक महिनामै ६७४ विपद्का घटनामा ३१ जनाले ज्यान गुमाए, २६ करोडको आर्थिक क्षति

काठमाडौं : जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनामा देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। ती घटनाहरूमा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति पुगेको छ। पहिरोबाट दुई करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
त्यस अवधिमा एक पुल, सातवटा गोठ र १४ चौपाया नष्ट भएका छन्। बाढीका ६४ घटनामा चार जनाको मृत्यु र चार जना घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने चारवटा घरमा क्षति पुगेको छ।
त्यस्तै, चट्याङका ८२ घटनामा आठ जनाले ज्यान गुमाएका छन् र २० जना घाइते भएका छन्। हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मनसुनजन्य यी विविध घटनाहरूबाट हालसम्म करिब २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान प्राधिकरणले सार्वजनिक गरेको छ।
असार १७, २०८२ मंगलबार १७:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।