नेप्से २८ अंकले उकालो लाग्यो, कारोबार ७ अर्बभन्दा बढी

नेप्से २८ अंकले उकालो लाग्यो, कारोबार ७ अर्बभन्दा बढी

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २८.९१ अंकले बढ्दै २,६६०.३९ बिन्दुमा पुगेको छ। यो १.०९ प्रतिशतको वृद्धि हो।

आजको सेयर बजारमा ३०९ वटा कम्पनीका एक करोड ५७ लाख ६४ हजार एक कित्ता सेयर ७० हजार २१४ पटक किनबेच भएका छन्। कुल कारोबार रकम सात अर्ब तीन करोड ३० लाख रुपैयाँ नाघेको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचकमा सामान्य गिरावट आएको भए पनि बाँकी सबै समूहका उपसूचक बढेका छन्।

सर्वाधिक वृद्धि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा देखिएको छ, जसको मूल्य ९.८७ प्रतिशतले बढेको हो। त्यस्तै, सबैभन्दा धेरै घट्ने कम्पनी युनिलिभर नेपाल लिमिटेड रह्यो, जसको सेयर मूल्य २.१३ प्रतिशतले घटेको छ।

असार १७, २०८२ मंगलबार १७:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।