नेपालले भुटानलाई २९८ रनले हरायो

काठमाडौं : एसीसी यु१६ इस्ट जोन कपको समूह चरण्को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ।
क्वालालम्पुरको सेलेनगोर टर्फ क्लबमा २५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमा समेटिएपछि नेपालले खेल २९८ रनले जितेको हो।
लक्ष्य पछ्याउने क्रममा भुटानका सेजाङ दावाले १४ र उग्येन केलजाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका बलर अनुशासनमा कायम नरहँदा २२ रन अतिरिक्त दिए।
बलिङतर्फ नेपालका कप्तान विपिन प्रसाद शर्माले चार विकेट लिँदा सचिन भट्ट र सुयोग भट्टराईले समान दुई-दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा रन बनाएको थियो।
नेपालका लागि रौनकले सर्वाधिक रन बनाए। १३३ बल खेलेका उनले १६ चौका र पाँच छक्काको मद्दतले १६८ रन जोडे।
जोय थापाले नटआउट ६१ रन बनाउँदा श्रीवान्स बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र सचिन भट्टले नटआउट ८ रनको पारी खेले।
नेपालका ओपनरद्वय प्रसिद्ध जैसी र परिमार्जन यादवले सम्झनलायक प्रदर्शन गरेनन्। जैसीले सात रन बनाउँदा यादवले दुई रनमा मात्र समेटिए।
भुटानका लागि सञ्जय दोर्जेले तीन विकेट लिँदा तेन्जिन लोडे जामत्सोले एक विकेट लिए।
जितसँगै नेपाल चार खेलमा आठ अंकसहित समूह ए को तालिकाको शीर्षस्थानमा छ। भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ।
अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता मलेसियाको सामना गर्नेछ।
असार १७, २०८२ मंगलबार १३:५२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।