नेपालले भुटानलाई दियो विशाल लक्ष्य, रौनकले हाने १६८ रन

नेपालले भुटानलाई दियो विशाल लक्ष्य, रौनकले हाने १६८ रन

काठमाडौं : रौनक श्रीवास्तवको शतकीय पारीमा एसीसी यु१६ इस्ट जोन कपमा नेपालले भुटानलाई रनको विशाल लक्ष्य दिएको छ।

सेलेनगोर टर्फ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५८ रन बनाएको हो।

नेपालका लागि रौनकले सर्वाधिक रन बनाए। १३३ बल खेलेका उनले १६ चौका र पाँच छक्काको मद्दतले १६८ रन जोडे।

यसअघि इन्डोनेसियासँग खेलमा ७१ बलमा ८८ रन र सिंगापुरसँगको खेलमा ४४ बलमा ४० रन बनाएका उनले जापानसँगको खेलमा ब्याटिङको पालो नै आएन।

जोय थापाले नटआउट ६१ रन बनाउँदा श्रीवान्स बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र सचिन भट्टले नटआउट ८ रनको पारी खेले।

नेपालका ओपनरद्वय प्रसिद्ध जैसी र परिमार्जन यादवले सम्झनलायक प्रदर्शन गरेनन्। जैसीले सात रन बनाउँदा यादवले दुई रनमा मात्र समेटिए।

भुटानका लागि सञ्जय दोर्जेले तीन विकेट लिँदा तेन्जिन लोडे जामत्सोले एक विकेट लिए। भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

असार १७, २०८२ मंगलबार ११:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।