यु१६ इस्ट जोन कपमा रौनक श्रीवास्तवको शतक

यु१६ इस्ट जोन कपमा रौनक श्रीवास्तवको शतक

काठमाडौं : एसीसी पुरुष यु१६ इस्ट जोन कपमा नेपालका रौनक श्रीवास्तवले शतक बनाएका छन्।

उनले ९५ बलमा १० चौका र एक छक्काको मदद्तमा १०० रन बनाएका हुन्। उनी अहिले पनि क्रिजमै छन्।

ओपनिङ जोडी सुरुवातमै आउट भएपछि आएका रौनकले नेपालको पारीलाई सम्हालेर राखे। उनलाई बीचमा श्रीवान्स बजगाइँले ५४ र सुगमन बुढाथोकीले ३५ रन बनाएर साथ दिए।

अहिले उनीसँग जोय थापाले ब्याटिङ गरिरहेका छन्।

यसअघि इन्डोनेसियासँग खेलमा ७१ बलमा ८८ रन र सिंगापुरसँगको खेलमा ४४ बलमा ४० रन बनाएका उनले जापानसँगको खेलमा ब्याटिङको पालो नै आएन।

असार १७, २०८२ मंगलबार १०:२५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।