यु१६ इस्ट जोन कपमा नेपालले टस जित्यो

काठमाडौं : एसीसी पुरुष यु१६ इस्ट जोन कपको समूह चरणको अन्तिम खेलमा नेपालले भुटाविरुद्ध टस जितेको छ।
क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा नेपालका कप्तान विपिन प्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका छन्।
पहिलो तीन खेलमा विजयी नेपाल आजको खेल जितेर समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ। प्रतियोगितामा भुटानले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले जितेको थियो।
समूह ए बाट हङकङ र मलेसिया सेमिफाइनलमा प्रवेश गरिसक्दा समूह बी बाट नेपाल र सिंगापुर प्रवेश गरेको छ।
असार १७, २०८२ मंगलबार ०७:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।