काठमाडौंमा निर्माणाधीन भवनको चौथो तलाबाट खसेर दुई मजदुरको ज्यान गयो

काठमाडौं : दरबारमार्गस्थित निर्माणाधीन भवनको चौथो तलाबाट खसेर लिफ्ट मर्मत गर्दै गरेका दुई मजदुरको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-१, हिटीपोखरी नजिकै पोतला डेभलपमेन्ट प्रालिले बनाउँदै गरेको नौतले भवनमा लिफ्टमा बसेर काम गर्दै गरेका बेला उनीहरू खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन्। आज साँझ करिब ५ बजे लिफ्टमा बसेर ग्रिज लगाउने काम गरिरहेका बेला फलामको सिक्री चुँडिँदा उनीहरू चौथो तलाबाट खसेर गम्भीर घाइते भएका थिए।
उनीहरूलाई तत्कालै उद्धार गरी वीर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेका हुन्।
असार १६, २०८२ सोमबार २०:४५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।