बजाज माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह भए पहिलो

महोत्तरी : बर्दिबासस्थित रामजानकी अटोले गौशालाको बिर्ता फुटबल मैदानमा आयोजना गरेको ‘माइलेज च्याम्पियन’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मोटरसाइकलको इन्धन खपत कम गर्ने दक्षता परीक्षण गर्ने यो प्रतियोगितामा ६५ जना सहभागी थिए।
प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटर प्रतिलिटर माइलेज निकाल्दै पहिलो स्थान हात पारे। शत्रुधन महतोले ८३ किलोमिटर माइलेजसहित दोस्रो तथा गोपाल महतोले ८० किलोमिटर माइलेजसहित तेस्रो स्थान प्राप्त गरे।
आयोजकका अनुसार प्रतियोगितामार्फत मोटरसाइकल प्रयोगकर्तामा इन्धनको सही प्रयोग, माइलेज वृद्धि गर्ने सीप र प्रविधिप्रति रुचि बढाउन मद्दत पुगेको छ।
रामजानकी अटो बर्दिबासले कार्यक्रम सफल भएको जनाउँदै बजाजको प्लाटिना मोटरसाइकलको किफायतीपन बारे थप जनचेतना फैलिएको विश्वास व्यक्त गरेको छ।
कम्पनीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
असार १६, २०८२ सोमबार २०:३६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।