कैलालीमा सर्पले टोक्दा एक जनाको मृत्यु

कैलाली : कैलालीको गोदावरी नगरपालिका-१२ ओलानीमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ।
४३ वर्षीय रामबहादुर बुढालाई आफ्नै घर अगाडि काम गर्ने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको थियो।
घाइते अवस्थामा उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यता, कैलालीकै धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन्। लल्लिपुरकी गुलियादेवी चौधरी खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्दा घाइते भएकी हुन्।
जोशीका अनुसार घरदेखि करिब १०० मिटर टाढा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर चौधरीको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेको हो। उनलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
असार १६, २०८२ सोमबार १८:२८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।