असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं : अबदेखि प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने भएको छ।

नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरेका हुन्।

उनका अनुसार असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यो घोषणा गरिएको हो। मन्त्री गुरुङले भने, ‘६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई  राष्ट्रिय चलचित्र दिवसको घोषणा गरेका छौँ ।  यसले नेपाली चलचित्रको इतिहासलाई उत्सवको रूपमा मनाउने क्रमलाई निरन्तरता दिनेछ ।’

सोही अवसरमा बोर्ड स्थापना भएको वर्ष २०५७ सालदेखि हालसम्म प्रदर्शन भएर सर्वाधिक कमाइ गरेका २५ चलचित्रलाई विशेष सम्मान प्रदान गरिएको थियो।

असार १६, २०८२ सोमबार १७:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।