प्रोफाइल सार्वजनिक गर्दा पनि चरित्रहत्या गर्नेक्रम नरोकिएपछि साइबर ब्यूरो पुगिन् गायिका एलिना

प्रोफाइल सार्वजनिक गर्दा पनि चरित्रहत्या गर्नेक्रम नरोकिएपछि साइबर ब्यूरो पुगिन् गायिका एलिना

काठमाडौं : सामाजिक सञ्जालमा बदनाम गर्ने नियतका साथ भइरहेका अभद्र टिप्पणी र चरित्र हत्या प्रयासविरुद्ध गायिका एलिना चौहानले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्। 

चौहानको डिभोर्सपछि फेसबुक, इन्स्टाग्राम लगायत प्लेटफर्महरूमा उनीमाथि अश्लील, अमर्यादित र अपमानजनक टिप्पणी बढेपछि उनले त्यस्ता टिप्पणी गर्नेहरूको परिचय सार्वजनिक गर्न थालेकी थिइन्। तर सो अभियानबाट पनि यस्तो क्रम नरोकिएपछि उनी कानुनी कार्वाहीको माग गर्दै सोमबार ब्यूरो गएकी हुन्।  

‘यो लडाइँ मेरो मात्र हैन, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन। सबैले साथ दिनु होला,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनको यो कदमलाई केहि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समर्थन समेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एलिना, नायिका रिचा शर्मा, गायिका समिक्षा अधिकारीले चलाएको यो अभियानको समर्थनमा सामाजिक सञ्जालमा लेखेका थिए। कलाकार दिपकराज गिरी लगायतका कलाकारले समेत उनको अभियानमा साथ दिएका छन्। 

असार १६, २०८२ सोमबार १७:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।