तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भए एक युवक

तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भए एक युवक

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-३ का एक युवक तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २५ वर्षीय लाक्पा शेर्पा फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा आज दिउँसो साढे १२ बजे नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।

शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ।

असार १६, २०८२ सोमबार १६:४२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।