नेप्से परिसूचकमा १९ अंकको वृद्धि, कारोबार भने बढ्न सकेन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज नौ दशमलव १९ अंकले बढेर २,६३१.४८ विन्दुमा पुगेको छ। कारोबारी दिनको सुरुआत सकारात्मक रहँदै बजारमा सुधार देखिएको हो।
आज ३१८ वटा कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटक किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ हेर्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै, १.६३ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी लघुवित्त ०.९२, जीवन बीमा ०.८२, व्यापार र विकास बैंक समूह दुवै ०.७२, निर्जीवन बीमा ०.६१, बैंकिङ ०.३८, म्युचुअल फन्ड ०.३६ र लगानी समूह ०.०२ प्रतिशतले बढेका छन्।
यद्यपि, केही समूहमा भने गिरावट देखिएको छ। वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन्।
शेयर मूल्यमा सबैभन्दा उच्च वृद्धि राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले देखाएको छ, जसको मूल्य ९.९७ प्रतिशतले बढेको छ। विपरीत, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका हिसाबले सबैभन्दा बढी कारोबार साहास ऊर्जा लिमिटेडको रहेको छ, जसको कारोबार ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँभन्दा बढी भएको छ। शेयर संख्या अनुसार सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्तासहित अग्रस्थानमा रह्यो।
असार १६, २०८२ सोमबार १६:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।