श्रीमतीको हत्या गरी फरार भएका श्रीमान तीन वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान तीन वर्षपछि पक्राउ

रौतहट : रौतहट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी तीन वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–७ घिउरा टोलका फैयाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार फैयादले पत्नी चाँदनी खातुनलाई गहुँको खेतमा लगेर सलले घाँटी बेरेर र मुख थिची हत्या गरेका थिए। २०७८ साल माघ २६ गते ईशनाथ–४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा खातुनको शव फेला परेको थियो।

तीन वर्षदेखि फरार रहेका मियाँलाई हालै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। रायका अनुसार अदालतबाट म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

रौतहट प्रहरीले अदालतको फैसलाअनुसार फरार प्रतिवादीको खोजी र पक्राउ अभियान तीव्र बनाएको जनाएको छ।

असार १६, २०८२ सोमबार १४:५९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।