स्वास्थ्यमन्त्री पौडेलको अवस्था सुधारोन्मुख

स्वास्थ्यमन्त्री पौडेलको अवस्था सुधारोन्मुख

काठमाडौं : उपचारका लागि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

ज्वरो आएपछि आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालमा भर्ना गरिएका उनको स्वास्थ्यमा सुधार देखिएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुको टोलीले मन्त्री पौडेलको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको छ। स्वास्थ्यमन्त्री पौडेल शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्किएका थिए।

असार १६, २०८२ सोमबार १३:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।