डोको रीसाइक्लर्स, हिम इलेक्ट्रोनिक्स र प्राक्टिकल एक्सनद्वारा ईपीआर सम्झौतामा हस्ताक्षर

काठमाडौं : डोको रीसाइक्लर्स, हिम इलेक्ट्रोनिक्स र प्राक्टिकल एक्सन नेपालले नेपालमा पहिलो पटक प्रयोगपछि फालिने विद्युतीय उपकरणहरूको व्यवस्थापनका लागि स्वेच्छिक विस्तारित उत्पादक जिम्मेवारी (ईपीआर) सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो ‘नेपाली घरपरिवारमा विद्युतीय प्रेसर कुकरको उपयोग वृद्धि’ परियोजना अन्तर्गत, मोर्डन इनर्जी कुकिङ सर्भिस कार्यक्रमद्वारा समर्थित र प्रवद्र्धित कार्यक्रम हो। मोर्डन इनर्जी कुकिङ सर्भिस कार्यक्रम युके एडको वित्त सहयोगमा आठ वर्षीय अनुसन्धान कार्यक्रम हो।
यो सम्झौता २०२५ जुन २६ मा गोल्छा ग्रुपको कर्पोरेट कार्यालयमा सम्पन्न भएको हो। डोको रीसाइक्लर्सले सुरक्षित रूपमा पुनः प्रयोग र रिसाइकलको व्यवस्था गर्नेछ।
सह-संस्थापक राघवेन्द्र महतोले भने, ‘यो पहलको लागि एक प्रारम्भिक पाइला हो, र भविष्यमा हामी हिम इलेक्ट्रोनिक्सजस्ता अन्य व्यवसायहरूलाई पनि संलग्न गराउने लक्ष्य राख्दछौं।’
प्राक्टिकल एक्सन नेपालले समन्वय, जनचेतना र अनुगमनमा सहयोग गर्नेछ।
रबिन श्रेष्ठले भने, ‘यस्तो प्रकारको पहिलो पहलको हिस्सा हुन पाउँदा हामी गर्वित छौं।’
यस सम्झौतालाई नेपालको जिम्मेवार ई-वेस्ट व्यवस्थापनमा एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।
असार १६, २०८२ सोमबार १२:५३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।