मुगुमा लगातार दोस्रो दिन पनि भूकम्पको धक्का

मुगुमा लगातार दोस्रो दिन पनि भूकम्पको धक्का

काठमाडौं : मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

असार १६, २०८२ सोमबार १०:४५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।