कैलालीमा मोहना नदीले चेतावनीको तह पार गर्यो

काठमाडौं : कैलालीको मालाखेतीमा मोहना नदीले चेतावनीको तह तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मालाखेतीमा नदीले चेतावनीको तह पार गरेको हो।
मालाखेतीमा तीन मिटरलाई चेतावनीको तह मानिन्छ। यहाँ सोमबार विहान भने नदी ३.३४ मिटर भएर बगेको छ। यो बढेर ३.६ मिटरसम्म पुगेमा खतराको तह पार भएको मानिनेछ।
यद्यपि अहिले नदीमा पानी बहाव नबढेको र स्थिर रहेको विभागले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
नदी बढ्ने क्रम रोकिएकाले नआत्तिन तर सतर्क रहन विभागले आग्रह गरेको छ।
असार १६, २०८२ सोमबार ०९:२८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।