‘सिटामोल’को टिजरमा देखियो दुर्गमको रमणीय दृश्यसँगै स्थानीयको पीडा

काठमाडौं : दुर्गम क्षेत्रका रमणीय दृश्य एकातिर। अनि त्यहाँका नागरिकको दुख अर्कोतिर। साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजरमा यस्तै दृश्य समेटिएको छ। आइतबार सार्वजनिक टिजरमा यस्तै दृश्यको मिश्रण गरिएको छ।
राज बहादुर सानेले निर्देशन गरेको फिल्मको टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल हाबी छन्। टिजरमा उनीहरूको बाल्यकालदेखि विवाह र त्यसपछिको सङ्घर्षसम्म अटाइएको छ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण परियार लगायतका कलाकार छन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्माता छन्।
असार १५, २०८२ आइतबार २१:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।