साम्बाको कप्तानीमा लाओस् ९ गोलले पराजित

साम्बाको कप्तानीमा लाओस् ९ गोलले पराजित

काठमाडौं : नेपालले एएफसी महिला एसियन कप छनोटको खेलमा लाओसलाई ९-० को फराकिलो गोल अन्तरले हराएको छ। उज्बेकिस्तानको तास्केन्तमा आइतबार भएको समूह एफको खेलमा नेपालले ३ अंक जोडेको छ। खेलमा सावित्राले कप्तानीमा डेब्यु गर्दै ह्याट्रिकसहित चार गोल गरेकी थिइन्।

प्लेइङ ११ को सूची सार्वजनिक गर्दा कप्तानमा रेनुका नगरकोटीको नाम थियो। तर अन्तिममा मैदानमा साम्बाले कप्तानीको जिम्मेवारी पाइन्।

खेलमा अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मि कुमारी घिसिङले १-१ गोल गरेका थिए। साम्बाले प्रहार गरेको बल लाओसको खेलाडीको खुट्टामा लागेर गोल हुँदा नेपालको गोलको संख्या ९ पुग्यो। आइतबारको खेल नेपालको एक सयौँ अन्तर्राष्ट्रिय खेल समेत हो।

असार १५, २०८२ आइतबार २१:१४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।