मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : टेरामक्स भ्रष्टाचारमा परेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। आइतबार भएको थुनछेक बहसपछि उनलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। बस्नेत सञ्चारमन्त्रीहुँदा उनले टेरामक्स खरिदको प्रक्रिया अगाडि बढाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। बस्नेत आफैँ अदालतमा उपस्थित भएपछि आइतबारै बयान र थुनछेक बहस शुरु भएको थियो। 

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको बहसपछि धरौटीकोआदेश आएको हो। 

 

असार १५, २०८२ आइतबार २०:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।