असारे हिलो : नेताको रहर, किसानको दैनिकी

असारे हिलो : नेताको रहर, किसानको दैनिकी
तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँ गर्दै रोपाहार । जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस

काठमाडौं : असार १५ लाई सरकारले धान दिवसको रूपमा मनाउन थालेपछि राष्ट्रपतिदेखि मन्त्रीहरूसम्म हिलोमा चोपलिए। राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासभित्रै बनाएको खेतको हिलोमा चोपलिए। केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीहरू उसैगरी हिलोमा चोपलिए। अर्कोतिर चाँडै मनसुन सुरु भएकाले वास्तविक किसानहरूको दैनिकी भने अहिले खेतमै बितिरहेको छ।

बिउँ काढ्ने, खेतमा पानी जमाउने, खेत सम्याउने, बाउसे लाग्ने अनि रोपाहारको काम गर्दैमा दिन बित्छ किसानको अहिले। धान दिवसको मौका पारेर राष्ट्रपतिदेखि मन्त्रीसम्मले किसानहरूको हितमा जति ठूला कुरा गरे पनि वास्तविकता किसानहरूले अहिलेसम्म सहज रुपमा मलसम्म पाएका छैनन्।

सङ्खुवासभाको मादी नगरपालिका–४ उमृङ गाउँमा कृषि ज्ञान केन्द्र सङ्खुवासभा र मादी नगरपालिकाले आज आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । तस्बिर : भविन कार्की/रासस

राष्ट्रपति रामचन्द्र पौडेल असार १५ अर्थात धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति कार्यालयद्धारा आज आयोजित रोपाइँमा सहभागी हुनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय/ रासस

कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहर नगरपालिका-८ दनाई फाँटमा आइतबार बिहान आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कार्यक्रममा सहभागीहरू धान रोप्दै । तस्बिरः जनक श्रेष्ठ/रासस

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज खजुरा -३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै । तस्बिर: रुपनी जि एम/रासस

कृषि ज्ञान केन्द्र बैतडीले गोकुलेश्वरमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागीहरू। तस्बिरः विनोदसिंह विष्ट/रासस

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी  आज कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा   राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्नुहुँदै  । तस्बिरः माधवप्रसाद घिमिरे / रासस

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज रामेछापको मन्थली नगरपालिका वडा नं ८ स्थित जगखनीटारमा खेत रोपेर धान दिवस मनाउँदै  ।  धान रोप्ने कार्यक्रम मन्थली नगरपालिकाले आयोजना गरेको हो । तस्बिरः रमेश ढुंगेल/रासस

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा हिलोमा डोरी तान्ने प्रतियोगितामा सहभागीता जनाउँदै सहभागीहरु । तस्बिरः सनद अधिकारी/रासस

नेपाली काँग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला नेपाल किसान महासङ्घ झापाद्वारा आइतबार हल्दीबारीमा आयोजित धान महोत्सवमा हल हिल्याउँदै। तस्बिरः दीपक चन्द÷रासस

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आइतबार भरतपुर महानगरपालिका–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा धान रोप्दै । तस्बिरः सनद अधिकारी/रासस

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृसङ्गठन अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ को अवसरमा रोपाइँ कार्यक्रममा सहभागी हुँदै । तस्बिरः मीन ठकुरी÷रासस

शुक्लाफाँटा नगरपालिका–१ खजुवाका किसान धान रोप्नका लागि बेर्ना निकाल्दै । वर्षा हुन थालेपछि किसान धान रोप्नमा व्यस्त भएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

सुर्खेतको वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले  आइतबार वीरेन्द्रनगर नगरपालिका–११ मा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा किसानहरुसँग रोपाइँ गर्दै मुख्यमन्त्री कँडेललगायत । तस्बिरः सुरेश आचार्य/रासस

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी पाटी)का अध्यक्ष माधवकुमार नेपाल आइतबार तारकेश्वर नगरपालिका –६ धर्मस्थलीमा अखिल नेपाल किसान महासङ्घ र नेकपा (एकीकृत समाजवादी) तारकेश्वरले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय धान दिवस एवं रोपाइँ कार्यक्रममा धान बीउ  हस्तान्तरण गरेर उदघाटनु गर्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल/रासस

दाङको लमही नगरपालिका–२ स्थित केरुनियामा आइतबार लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको २२ औं राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँ गर्दै कृषिमन्त्री दिनेश पन्थी, प्रमुखसचिव वावुराम अधिकारी, कृषि सचिव यामनारायण देवकोटालगायत । तस्बिरः कुलदीप न्यौपाने/रासस

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ३ माछमीमा आइतबार कृषि विकास कार्यालयले आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ गरी हिलो खेल्दै किसानलगायत जिल्लास्थित कर्मचारी तथा जनप्रतिनिधिहरु। तस्बिरः बलबहादुर ओली/रासस

असार १५, २०८२ आइतबार १९:५८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।