रेनुकाको कप्तानमा कमब्याक, लाओसविरुद्धको खेलमा नेतृत्व गर्ने

काठमाडौं : रेनुका नगरकोटी राष्ट्रिय महिला फुटबल टोलीको कप्तान भएकी छन्।
मिडफिल्डर रहेकी रेनुकाले एएफसी एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानमा हुने लाओसविरुद्धको खेलमा नेपाली टोलीको कप्तानी गर्ने छिन्।
यसअघि एन्जिला तुम्बाप्पो सुब्बाले नेपाली महिला फुटबल टिमको कप्तानी गर्दै आएकी थिइन्।
अञ्जना राना मगरले गोल रक्षकको जिम्मेवारी पाएकी छिन् भने नगरकोटी कप्तान भएकी छिन्। नगरकोटीले सन् २०१० मा नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनी २०१७ मा पनि नेपाली टोलीको कप्तान भएकी थिइन्।
तर चोटका नेतृत्व दिन नसकेपछि सन् २०१८ मा निरु थापा कप्तान भइन्। सन् २०१९ देखि एञ्जिलाले कप्तानी सम्हाल्दै आएकी थिइन्।
असार १५, २०८२ आइतबार १८:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।