कुलिङ पिरियडको प्रावधानसहित संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं : कुलिङ पिरियडको प्रावधानसहित संघीय निजामती सेवा विधेयक पारित भएको छ। अवकाश पाएको दुई वर्ष कुलिङ पिरियडको प्रावधान राखेपछि मुख्यसचिव सहितकाहरु सो प्रावधान हटाउन राजनीतिक र प्रशासनिक लबिङमा लागेका थिए। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले राज्य व्यवस्था समितिबाट पास भएको विधेयक जस्ताकोत्यस्तै पारित गरेको हो।
आइतबार प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाबाट जस्ताकोत्यस्तै पारित भएर प्रतिनिधि सभा हुँदै राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन बन्छ।
असार १५, २०८२ आइतबार १६:२०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।