सेयर बजारमा सामान्य करेक्सन, परिसूचक २६२२

काठमाडौं : साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार २६.५३ अंक बढ्यो। आइतबार भएको कारोबारमा नेप्से परिसूचक २ हजार ६ सय २२ कायम भयो। आइतबारको कारोबारमा १ सय ८५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको घट्यो। आइतबार ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो। विकास बैंक १.६१, फाइनान्स ०.६४, होटेल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढेका थिए।
सप्तकोसी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। विन्ध्यवासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशूली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो ।
उत्पादन तथा प्रशोधन ०.५६ प्रतिशत घट्यो। जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.४९, पन्चकन्य माई हाइड्रोपावरको ३.२०, पियोर इनर्जीको ३.१९ तथा बुटवल पावरको ३.०३ प्रतिशत मूल्य घट्यो । आइतबार साहस ऊर्जा, बुटवल पावर, युनियन हाइड्रोपावर, ङादी ग्रुप तथा राधि विद्युत् सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परे।
असार १५, २०८२ आइतबार १६:१०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।