रास्वपा र राप्रपा संसद्‌बाट बाहिरिए

रास्वपा र राप्रपा संसद्‌बाट बाहिरिए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। 

भिजिट भिसा प्रकरणमा लगातार असन्तुष्टि जनाउँदै आएका यी दुई दलका सांसदहरूले आज पनि संसद्‌मा आफ्नो भनाइ राखेपछि विरोधस्वरूप बैठक कक्ष त्यागेका हुन्।

पछिल्ला केही बैठकहरूमा समेत उनीहरूले यही मुद्दामा संसद्‌भित्र नियमित विरोध जनाउँदै आएका थिए।

असार १५, २०८२ आइतबार १४:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।