महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं : महालक्ष्मी विकास बैंकले अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअन्तर्गत फोन पे सँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।
अब ग्राहकहरूले बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत महालक्ष्मी फोन पे क्रेडिट कार्ड प्रयोग गरी जुनसुकै स्थानबाट फोन पे क्युआर मर्चेन्ट मार्फत सजिलै भुक्तानी गर्न सक्छन्। साथै, अनलाइन किनमेलमा पनि यस कार्डको प्रयोग गरेर सहज भुक्तानी सम्भव हुनेछ।
भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्ड सरह नै ४५ दिनसम्म ब्याज रहित अवधि र लचिलो किस्ताबन्दी सुविधा उपलब्ध हुनेछ। यो सेवा प्रारम्भ भएसँगै अब कार्ड बोक्नु पर्ने झन्झटबाट ग्राहक मुक्त हुनेछन्।
सेवाको सुरुवातसँगै बैंकले नयाँ भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई रु. ५०० सम्मको क्यासब्याक अफर पनि ल्याएको छ, जसले यो सेवा अझ फाइदाजनक बनाएको छ।
डिजिटल नवप्रवर्तनमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको हो। यस सुविधाले बैंकको डिजिटल बैंकिङ प्रणालीलाई थप ग्राहकमैत्री र प्रविधिमुखी बनाउने विश्वास बैंकले लिएको छ।
बैंकले भविष्यमा आफ्ना मोबाइल एप्लिकेसनहरूलाई थप परिष्कृत र प्रयोगकर्तामैत्री बनाउने प्रतिबद्धता पनि जनाएको छ।
असार १५, २०८२ आइतबार १४:१३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।