एसीसी यू–१६ क्रिकेटमा नेपाल अपराजित रहँदै सेमिफाइनलमा, ४२१ रनको लक्ष्य पाएको इन्डोनेसिया ५० रनमा अलआउट

काठमाडौं : नेपालले यू-१६ इस्ट जोन कप क्रिकेट २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ।
आइतबार मलेसियामा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराउँदै समूह चरणको एक खेल बाँकी छँदै अन्तिम चारमा प्रवेश गरेको हो।
नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रन बनायो। नेपालका लागि प्रसिद्ध जैसीको शतकीय इनिङ खेले भने कप्तान विपिन शर्माले घातक बलिङ गरे। प्रसिद्धले १३२, परिमार्जनले ७१, रौनकले ८८, र जोय थापाले ५७ रनको योगदान दिए।
जवाफमा इन्डोनेसिया २४.३ ओभरमै ५० रनमा समेटियो। कप्तान विपिनले १२ रन खर्चेर ६ विकेट लिए।
नेपालले यसअघि सिंगापुर र जापानलाई हराएको थियो। अब नेपालले अन्तिम समूह खेल मंगलवार भुटानसँग खेल्नेछ।
असार १५, २०८२ आइतबार १३:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।