टेरामक्स भ्रष्टाचारमा मोहन बस्नेतको विशेषमा बयान सुरु, थुनछेक आजै

टेरामक्स भ्रष्टाचारमा मोहन बस्नेतको विशेषमा बयान सुरु, थुनछेक आजै

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतको  नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा बयान भएको छ। अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान भएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला टेरामक्स प्रविधि खरिदको निर्णयमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहितलाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बित भएको थियो। आफैँ निवेदन दिएर उपस्थित भएका बस्नेतको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ।

सोही मुद्दामा जोडिएका तत्कालीन दुई मन्त्री गोकुल बास्कोटा र ज्ञानेन्द्र कार्कीलाई भने अख्तियारले प्रतिवादी नबनाएपछि अनुसन्धानको आलोचना भएको थियो। बस्नेतले सुरु गरेको खरिद प्रक्रियालाई बास्कोटा र कार्कीले अगाडि बढाएका थिए।

असार १५, २०८२ आइतबार १३:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।