एसीसी यू–१६ क्रिकेट : नेपालले दिएको ४ सय २१ रनको लक्ष्य पछ्याउँदै इन्डोनेसिया

काठमाडौं : मलेसियामा जारी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र ५ विकेटको क्षतिमा ४२० रनको ठूलो स्कोर खडा गर्यो। नेपाली ब्याट्सम्यानहरूले विस्फोटक प्रदर्शन गर्दै इन्डोनेसियन बलिङ आक्रमणलाई तहसनहस बनाएका थिए।
नेपालका लागि प्रशिद्ध जैशीले उत्कृष्ट शतक प्रहार गरे भने परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक जोड्दै टोलीको स्कोर पहिल्यैको ४ सय नजिक पुर्याए।
जैशीले ११४ बलमा १३२ रन बनाउँदै इनिङको मेरुदण्ड बने। त्यस्तै, यादवले मात्र २८ बलमै ७१ रनको विस्फोटक योगदान दिए। श्रीवास्तवले ७१ बलमा ८८ रन र थापाले ४१ बलमा ५१ रन जोडे।
सुगम बुढाथोकीले पनि ३४ बलमा ३९ रन बनाए भने अन्त्यतिर रोशन शाहीले ९ बलमा १० रन थप्दै टिमको स्कोर ४२० मा पुर्याए।
जारी खेलमा इन्डोनेसियाले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ।
असार १५, २०८२ आइतबार १२:२६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।