अनमोलसँग प्रिन्सीको जोडी, बाबु भुवनले घोषणा गरे बाटुलो जुन

काठमाडौं : छोरा अनमोल केसी र टिकटकर प्रिन्सी खतिवडासहित फिल्म निर्माता भुवन केसीले नयाँ फिल्म बाटुलो जुनको घोषणा गरे।
भुवनले अनमोल र प्रिन्सीको तस्बिरसहितको फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको छायाङ्कन सुरु भएको घोषणा गरेका हुन्। फिल्मका अन्य कलाकार खुलाइएको छैन।
फिल्मको फस्ट लुक्समा अनमोलको परिचित छवि बदलिएको छ। फिल्म प्रेमकथामा आधारित देखिन्छ। तर थप विवरण खुलाइएको छैन।
टिकटकर प्रिन्सीको यो डेब्यु फिल्म हो। पहिलो फिल्ममै उनी अनमोलको जोडी बन्न सफल भएकी छिन्। भुवनले यस अगाडि करोडपति, नेपाली बाबु, म तिमिबिना मरिहाल्छु लगायतका फिल्म निर्माण गरेका थिए।
अनमोलको पछिल्ला फिल्महरू व्यवसायीक रूपमा असफल हुँदै आएका छन्। पाँच दिन अगाडि अनमोलले लामो समयको विश्राम पश्चात् जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर - ५ मार्फत नयाँ जोसका साथ उपस्थित हुन लागेको सार्वजनिक गरेका थिए। जेरी अन टप र ए मेरो हजुर सिक्वेल हुन्। बाटुलो जुन नयाँ फिल्म हो।
असार १५, २०८२ आइतबार १०:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।