मोटरसाइकल एकआपसमा ठोकिँदा बाबुछोरासहित तीन जनाको मृत्यु

मोटरसाइकल एकआपसमा ठोकिँदा बाबुछोरासहित तीन जनाको मृत्यु

इटहरी : सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोकिँदा बाबुछोरासहित तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रामधुनी–७ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र अर्को मोटरसाइकल चालक इटहरी–७ का ५१ वर्षीय बिन्दु यादव रहेका छन्।

प्रहरीका अनुसार चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

घाइते अवस्था रहेका सबैलाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर, उपचारका क्रममा तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र बिन्दु यादवसँगै सवार ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको पनि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको छ।

असार १५, २०८२ आइतबार १०:११:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।