इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

काठमाडौं : इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ८१ जना प्यालेस्टिनीको ज्यान गएको छ भने ४०० जना घाइते भएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा सहरको एक रंगशालानजिकको क्षेत्रमा भएको आक्रमणमा एक बालबालिकासहित ११ जनाको मृत्यु भएको पुष्टि अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले गरेका छन्।

सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हमास–इजरायल युद्धयता गाजामा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५६ हजार ४१२ पुगेको छ। त्यस्तै, अहिलेसम्म १३ लाख ३ हजार ५४ जना घाइते भएका छन्।

युद्ध चर्किँदै जाँदा गाजा क्षेत्रमा मानवीय संकट झनै गहिरिँदो देखिएको छ।

असार १५, २०८२ आइतबार ०९:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।