पर्वतको नेपानेमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पर्वत : पर्वत जिल्लाको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खस्दा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।
गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।
उक्त दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र फलेवास–८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामै उपचार भइरहेको छ भने उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
असार १५, २०८२ आइतबार ०९:३२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।