प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म हुने संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी–४) मा सहभागी हुन शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीको विदेश भ्रमणको अवधिमा सरकारको दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन्।
नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी दिएका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार सिंहले प्रधानमन्त्री अनुपस्थित रहँदाको दैनिक प्रशासनिक कामकाज हेरचाह गर्नेछन्।
असार १४, २०८२ शनिबार २०:३७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।