अब प्रदेशबाटै एसईई गर्न शिक्षामन्त्री पन्तको प्रस्ताव

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तले माध्यमिक शिक्षा परीक्षा (एसईई) अबदेखि प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले एसईई हटाउने सोच गलत हुने तर्क गर्दै प्रदेशमै परीक्षा गराउन सकिने बताए।
उनले भने, ‘बजेटमा पनि एसईई प्रदेशमा दिने भनेर पास गरिएको छ। सीटीईभीटी मा भर्ना एसईईपछि मात्र हुन्छ। एसईई हटायो भने सीटीईभीटीमा भर्ना के गर्ने?’
पन्तले एसईईजस्तो राष्ट्रिय परीक्षा शिक्षा प्रणालीमा आवश्यक भएपनि त्यसलाई केन्द्रबाट नभएर प्रदेशबाटै सञ्चालन गर्नुपर्ने बताए। उनले एसईईले विद्यार्थीको शैक्षिक गुणस्तर मापनमा सहयोग गर्ने भएकाले त्यसलाई सुधारेर निरन्तरता दिनुपर्ने धारणा राखे।
असार १४, २०८२ शनिबार १८:२०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।