राजनीतिमा फर्किएको घोषणा गर्दै विद्याले भनिन्- जनताको हित नै मेरो लक्ष्य हो, विशिष्ट महत्वाकांक्षा छैन

राजनीतिमा फर्किएको घोषणा गर्दै विद्याले भनिन्- जनताको हित नै मेरो लक्ष्य हो, विशिष्ट महत्वाकांक्षा छैन

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा औपचारिक रूपमा फर्किएको घोषणा गरेकी छिन्।

शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ नामक विचार गोष्ठीमा बोल्दै उनले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिइन्।

भण्डारीले भनिन्, ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’

पूर्वराष्ट्रपति भएपछिको विश्राम अवधि टुंग्याउँदै फेरि सक्रिय राजनीतिमा फर्किएको उनले स्पष्ट पारिन्। तर, भण्डारीले यसपटक एमालेभित्र कुनै ‘विशेष महत्वाकांक्षा’ नरहेको बताउँदै भनिन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।’

कार्यक्रममा उनले जननेता मदन भण्डारीका केही भनाइहरू पनि स्मरण गरिन् - ‘जनता भनेका भगवान हुन्। राजनीतिमा थकाई भन्ने शब्द हुँदैन।’ भन्दै उनले अबको यात्रा पनि यही दर्शनमा आधारित रहने संकेत दिइन्।

असार १४, २०८२ शनिबार १७:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।